कावासोती खरकट्टा जंगलको भयानक दुर्घटनाका कार क्षतविक्षत, मृतक को को हुन् ?

0

नवलपुर – गए राती ५ जनाको ज्यान जानेगरी कावासोति नजिकै खरखट्टा जङ्गलमा भएको भयानक सवारी दुर्घटनामा परी मृत्यु भएका पाँचै जनाको पहिचान भएको छ ।

मृतक चार जना सोही जिल्लाका देवचुली नगरपपालिकाका बासिन्दा रहेका छन् । दुर्घटनामा ज्यान गुमाउनेमा देबचुली नगरपालिका वडा नम्बर १ केउरेनीका ३५ बर्षीय दीपक भन्ने पूर्णबहादुर विश्वकर्मा, सोही नगरपालिकाको वडा नं. ५ का दिलबहादुर ढेंगा मगर, वडा नं. १० पृथ्वीनगरका दिपेश राना र हिरा राना रहेका छन् । अन्य एकमा कैलालीका सुरज रानामगर भएको पुष्टि भएको छ ।

सोमबार राति ९ बजे पूर्व – पश्चिम राजमार्गअन्तर्गात पूर्वीनवलपरासीकाे कावासोती नगरपालिका वडा ८ को खरकट्टा जंगलमा बा २१ च ६४०९ नम्बरको हुन्डाई कम्पनीको खरानी रंगको कार दुर्घटनामा परेका थियो । कारमा सवार सबैको मुत्यु भएको थियो । दुर्घटनाबाट कार क्षतविक्षत भएकाे छ ।

Leave A Reply

Your email address will not be published.