काठमाण्डौं – सर्वोच्च अदालतमा आइतबार ६ वटा बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि बहस हुँदैछ । रिट निवेदन विप्लव नेकपाका नेता कार्यकर्तादेखि करछली गर्नेसम्मको परेको छ ।

बहसमा लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा पूर्णइजलास १ मा ३ वटा र न्यायाधीश मिरा खडका र कुमार रेग्मीको इजलास नं. ३ मा १६ वटा रिट निवेदन पेसी चढेको छ । १६ मध्ये १२ स्थगित छन् ।

साउन १४ देखि असोज २ को अवधिमा दर्ता भएका रिट निवेदन छन् । अहिले साउन २२ मा दर्ता रिट नम्बर ६ माथि इजलास नं. ३ मा बहस भइरहेको जनाएको छ ।