
काठमाण्डौं – सरकार शुक्रबार संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाइरहेको बेला दिवसलाई कालो दिनको रुपमा मनाउनेहरुको संख्या देशैभरजसो देखिएका छन् ।
राजधानी काठमाडौंमा पनि कालो दिवसको रुपमा ब्यानरसहित सडकमा विरोध प्रदर्शन भयो । काठमाडौंको बसन्तपुरमा थरुहट मोर्चाले कालो टिसर्ट र ब्यानरसहित र्याली निकाल्यो । र्यालीमा सयौं युवायुवती सहभागी थिए । उनीहरुले थारुवान/थरुहट र ‘असोज ३ कालो दिन’ लिखित कफन बाँधेका थिए । सरकार र संविधानविरुद्ध चर्का नारा लगाए । संविधान संशोधनको माग गरे ।
त्यस्तै काठमाडौंमा आदिवासी जनजाति महासंघको नेतृत्वमा कालो दिन मनायो । ब्यानरमुनि सयौं नागरिक सहभागी भए । असन्तुष्ट पक्षहरु पनि र्यालीमा मिसिए ।
उता दाङमा पनि कालो दिन मनाउनेहरु सडक निस्किए । ६ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । बाँकेमा ३ तीनालाई प्रहरीले पक्राउ गरेको थरुहटरथारुवान राष्ट्रिय मोर्चा नेता मिनराज चौधरीले जानकारी दिए ।

काठमाडौंको वसन्तपुरमा भएको कालो दिवस सभाबाट थरुहट/थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय सदस्य सिताराम थारु, लिम्बुवानका नेता यलम्बर खम्बू रहेका छन् । थारुलाई सभामा बोल्दाबोल्दै गिरफतार गरिएको हो ।

प्रदेशमा २ मा राष्ट्रिय जनता पार्टी नेपालको नेतृत्वमा कालो दिन मनायो । अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरको नेतृत्व जनकपुरमा र्याली निकालेको थियो । संविधान संसोधन नभएसम्म संविधानको विरोधमा कालो दिवस मनाउने कार्यक्रम जारी राख्ने र्यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै ठाकुरले भने ।

उनले नेपालको अन्तरिम संविधानको १३८ (क) मा सम्पूर्ण मधेश एक स्वायत प्रदेश राख्ने सहमति भएको तर सरकारले मधेशको ८ वटा जिल्लालाई मात्र एउटा प्रदेशमा सीमित गरेर बाँकीलाई अन्य प्रदेशमा जोडेको आरोप लगाए ।
