काठमाण्डौं – काठमाण्डौंको बसन्तपुर डबलीबाट शान्तिपूर्ण विरोधसभाबाट थरुहट/थारुवान राष्ट्रिय मोर्चाका तीनजना पक्राउ परेका छन्।

वसन्तपुरमा संविधान दिवसको विरोधसभामा बोल्‍दै गर्दा थरुहट/थारुवान राष्ट्रिय मोर्चाका केन्द्रिय सदस्य सिताराम थारु लगायत तीनजनालाई प्रहरीले पक्राउ गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

यसअघि थरुहट/थारुवान राष्ट्रिय मोर्चाले संविधानमा आदिवासी/जनजाति, मधेशी दलित र पिछडा वर्गको हक अधिकार अझै सुनिश्‍चित नभएकाले देशभर संविधान दिवसमा कालो झण्डा देखाउने र विरोध र्‍यालीको आयोजना गर्ने घोषणा गरेको थियो।