६० दिनमा ४५ बैठक चलेर बजेट अधिवेशन अन्त्य

काठमाण्डौं – गत बैशाख १६ गते शुरु भएको बजेट अधिवेशन बिहिबारबाट अन्त्य भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा हस्ताक्षरित अधिवेशन समाप्तीको पत्र सभामुख कृष्णबहादुर महराले बिहिबारको प्रतिनिधिसभाको बैठकमा वाचन गरेर सुनाएका थिए ।
सभामुख महराले बजेट अधिवेशनभरमा भएका बैठक र बैठकबाट भएका छलफल, निर्णयबारे सदनलाई जानकारी दिएका थिए । उनका अनुसार अधिवेशनले १ सय ४४ दिन पार गरेको र ६० दिनमा ४५ दिन बैठक चलेको थियो ।
राष्ट्रपतिबाट प्राप्त पत्रअनुसार बिहिबार राति १२ बजेबाट चालू बजेट अधिवेशन अन्त्य हुनेछ ।