काठमाण्डौं – सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दस बैठकमा १० दिनसम्म गएल भएको पाइएको छ ।

बैशाख १६ बाट चालू भएको संसदको बजेट अधिवेशनमा अध्यक्ष प्रचण्ड लगातार १० दिनसम्म अनुपस्थित रहेको रकेर्ड संसदको सचिवालयले राखेको छ । सोको जानकारी बजेट अधिवेशनको अन्तिम दिन बिहिबारीको बैठकमा सभामुख कृष्णबहादुर महराले जानकारी गराएका थिए ।

लगातार १० दिनसम्म बैठकमा अनुपस्थित रहने १७ जना सांसदहरुको सूचीमा प्रचण्डको नाम चढेको हो । प्रतिनिधि सभामा २ सय ७५ सांसद छन् । त्यसमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका ६३ मात्र सांसद छन् । कांग्रेस सांसद विजयकुमार गच्छेदार पनि गएलको सूचीमा परेका छन् ।

लगातार १० दिनसम्म बैठकमा उपस्थित नभएका अन्य सांसदहरुमा छक्कबहादुर लामा, सुजता परियार, विमलप्रसाद श्रीवास्तव, सरिता गिरी, नागेन्द्रकुमार, मोतीलाल दुगड, महेश्वरजंग गहतराज ‘अथक’, कर्मा घले, शिवकुमार मण्डल, रेखा शर्मा, कमला रोका, विशाल भट्टराई, अञ्जनाविशंखे र भुमिप्रसाद त्रिपाठी रहेका छन् ।

रेखा शर्मा र सरिता गिरीले भने आफू लगातार १० दिनसम्म बैठकमा नआएको सूचीमा राखेको भन्दै आपत्ति जनाइन् । सभामुख महाराले सच्याइने आश्वसन दिएका थिए ।

आजको बैठकमा दलको तर्फबाट भनाई राख्नेमा नेपाली कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, सत्तारुढ नेकपाबाट दलका उपनेता सुवासचन्द्र नेम्वाङ, समाजवादी पार्टीबाट अध्यक्ष बाबुराम भट्टराई, राजपाका तर्फबाट राजेन्द्र महतो, राजेन्द्र लिङदेन, प्रेम सुवाल थिए ।