काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन नगर्ने भएका छन् । यसअघि उनको सचिवालयबाट आज प्रतिनिधिसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको कुरा बाहिर आएको थियो ।

तर प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बिहीबार प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने कार्यक्रम नरहेकाे बताए ।

प्रधानमन्त्री ओलीले शुक्रबार संविधान दिवसका अवसरमा देशबासीलाई सम्बोधन गर्ने कार्यक्रम रहेकोले आजको प्रतिनिनिसभामा उनको सम्बोधनको कार्यक्रम रद्द गरिएको बुझिएको छ ।

संसदको अधिवेशन अन्त्य हुने दिन प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुले संसदमा सम्बोधन गर्ने संसदीय परम्परा छ ।