काठमाण्डौं – २०४६ को जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको २२औँ स्मृति दिवस बिहीबार देशभरका विविध कार्यक्रम गरी मनाइँदैछ ।

स्मृति दिवसको अवसरमा आज बिहान गणेशमान सिंह फाउण्डेशनले एक विशेष कार्यक्रमको आयोजना गर्यो । कार्यक्रम काठमाडौंको शोभाभगवतीमा भएको हो ।

कार्यक्रममा वक्ताहरुले नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गणेशमान स्व. सिंहको शालिकमा माल्यार्पण गरेका थिए । कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनमा सिंहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै संघर्र्षशील, त्यागी, लौहपुरुषको परिचय सिंहले जनताका बीचमा छाडेका गएको चर्चा गरे ।

स्वं सिंहका पुत्रसमेत रहेका पूर्वउपप्रधानमन्त्री प्रकाश सिंहले मुलुकमा विवादित अवस्थामा रहेका कम्युनिष्टलाई एक ठाउँमा ल्याउन सिंहको महत्वपूर्ण भूमिका रहेको बताए । ‘एकदलीय शासन व्यवस्थामा विश्वास गर्ने कम्युनिष्टलाई बहुदलीय प्रजातन्त्रमा ल्याउनमा स्व. सिंहको महत्वपूर्ण योगदान रहेको स्मरण गराउँदै सोही विचारलाई सबैतिर फैलाउनु लोकतन्त्रवादीहरुको दायित्व भएको बताए ।

दुईतिहाइको कम्युनिष्ट सरकारले जनताको भावना र मर्मअनुसार काम गर्न नसकेको र उल्टै भ्रष्टचार र किमसनको चक्कर परेर जनविरोधी निर्णय गरेको बताए । सरकारले जनताको चाहना पूरा गर्न नसक्ने ठोकुवा उनले गरे ।

नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशी तथा जिल्लाका पार्टी सभापति, नेता तथा कार्यकर्ताले स्व सिंहको सालिकमा माल्यार्पण गरेका थिए । स्व. सिंहको योगदानलाई भुल्न नहुने उनीहरुले बताए ।