काठमाण्डौं – सिद्धार्थ राजमार्गको बुटवल-सिद्धबाबा सडक खण्ड दोभान नजिकै दुईवटा जिप पहिरोमा पुरिएको छ । पुरिएका जीपमध्ये एकको चालक रुपेन्देहीका कमल परियारको मृत्य भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दोभान नजिकै खसेको पहिरोले लु १ ज २६१७ र लु २ च ५९३८ नम्बरको नीजि जिप शुक्रबार बिहान पुरिएको हो ।

पहिरोस्थल सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका – २ मा पर्दछ । सडकमा गुडिरहेको जीप नागथान नजिकै माथिबाट खसेको पहिरोले पुरेको हो ।

दुइवटै जीप पाल्पाबाट बुटवल जाँदै थियाे । पुरिएको जीपबाट ६ जनाको उद्वार गरिएको छ । पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।