एनआरएनएको उम्मेदवारी दर्ता शुल्क १ देखि १० लाख रुपैयाँ

काठमाण्डौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन आगामी असोजकाे अन्तिम हप्तामा हुँदैछ । सम्मेलनबाट नयाँ कार्यसमितिको निर्वाचन पनि सम्पन्न हुँदैछ । ।
अन्य गैरसरकारी संस्थाहरुको झनै. यसमा पनि नयाँ कार्यसमितिमा रुची देखाउनेहरुले सम्मेलनमा निर्वाचन समितिमा उम्मेदवार दर्ता गरी निर्वाचनमा माग लिन पाउने प्रावधान रहेको छ । उम्मेदवार दर्ता गर्न चाहने समितिमा निर्धारित शुल्क बुझाएर मात्र निश्चित पदमा मत माग्न पाइन्छ ।
यसरी बुझाइने शुल्क भने न्युनतम १ लाख र अधिकतम १० लाख रुपैयाँ तोकिएको छ । सदस्य पदका लागि १ लाख रुपैयाँ (१ हजार अमेरिकी डलर) निर्धारण गरिएको छ । अध्यक्ष पदका लागि १० लाख रुपैयाँ (१० हजार डलर) दस्तुर तोेकेको छ ।
यसअघिको सम्मेलनमा अध्यक्ष पदको लागि ४ हजार ५०० र सदस्यको लागि भने १ हजार डलर नै कायम गरिएको छ । पहिलेका शुल्क बुझाउन बाँकीले उक्त शुल्क बुझाउन अनिवार्य पर्नेछ भने नबुझाइएकाको उम्मेद्वारी रद्द हुनेछ ।