बामदेव बिरामी, डेंगुको आशंकामा रगत परीक्षण

काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतम बिरामी परेका छन् । उनलाई केही दिनदेखि लगातार ज्वरोले सताएपछि डेंगु भएको आशंकामा रगतको जाँच गरिएको छ।
गौतमको सोमबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा रगत परीक्षण गरिएकोमा मंगलबार रिपोर्ट आएपछि मात्रै डेंगु भए नभएको पुष्टि हुनेछ ।
गौतम अहिले भैंसेपाटीस्थित निवासमा चिकित्सकको निगरानीमा आराम गरिरहेका छन् ।