काठमाण्डौं – नेपाली कांग्रेसका नेता गगन थापा सधैं गफमै व्यस्त छन् । काम गरेर जनताको मन जित्नुभन्दा पनि सधैं मिडियामा बोलेर चर्चामा आउनु उनको एकमात्र लक्ष्य रहेको छ ।

गगन काठमाडौं ४ बाट २ पटकसम्म निर्वाचित सांसद हुन् । २०६४ सालमा समानुपातिक सांसद बन्दा जिम्मेवार नभए पनि अहिले आएर पनि उनी त्यही भूमिकामा छन् । जनताले २ पटक निर्वाचन जिताएपनि उनी बिकासको काममा भने चासो देखाउँदैनन् ।

उनको क्षेत्रमा सडक अस्तव्यस्त छ भने उनी त्यही बाटो हिँडेर कडा भाषण ठोक्छन् तर पनि काम भने शून्यजस्तै भएको जनताहरु बताउँछन् । गफ गर्न जानेका उनी सधैं यसरी नै चल्छ भन्ने सोच्छन् । संसदमा पनि उनी सरकारको विरोधमा खरो रुपमा उत्रिने गरेका छन् । कुनैपनि महत्वपूर्ण विषयमा संसदमा छलफल भएपछि बाहिर आएन भाषण दिन जान्ने उनी गफ गर्न पनि निकै रमाउँछन् ।

पूर्व स्वास्थ्यमन्त्री समेत भइसकेका थापाले मन्त्री हुँदा पनि चर्चामात्र बटुलेका थिए । बीर अस्पतालमा मेशिन किन्दा करोडौं रुपैंया अनियमितता गरेको समाचार बाहिर आएपनि उनले त्यसको खण्डन गर्न सकेका छैनन् ।

कांग्रेसको १३ औं महाधिवेशनमा आफ्नै ससुरा अर्जुननरसिंह केसीसँग महामन्त्रीमा उठेका उनले त्यतिबेला आफूलाई सम्हाल्न नसकेको भनेर अझैपनि आलोचित बनेका छन् । कहिले राजालाई त कहिले प्रचण्डलाई पनि ‘चुनावमा आउ म लड्छु’ भन्न बाँकी नराख्ने उनी प्रत्येक निर्वाचनमा यस्ता हावादारी कुरा गर्छन् । तर २०७० सालको निर्वाचनमा काठमाडौं १० बाट संविधानसभामा उठेका प्रचण्डसँग उनले निर्वाचन लड्छु् भनेनन् ।

उनले त २०६४ सालमा काठमाडौं ४ बाट निर्वाचित सुप्रभा घिमिरेको पद नै खोसेर उम्मेदवार बने । गगनकै कारण अहिले सुप्रभा अलपत्र परेकी छिन् । काठमाडौंका अरु क्षेत्रमा जितेका वा हारेका सबै उम्मेदवारले टिकट पाएपनि सुप्रभा भने गगनकै कारण टिकट पाउनबाट बञ्चित भइन् ।

सुप्रभाले अन्य ठाउँमा गएर चु्नाव जित्ने वातावरण नभएपनि सुप्रभालाई क्षेत्र छोडेर गगन अन्य क्षेत्रमा जान चाहेनन् । गगनले कृषिका नाममा लिएको सरकारको रकम पनि दुरुपयोग गरेका थिए ।

उनले पैसामात्र लिएर र कृषि क्रान्तिमा नलागेपछि निकै आलोचित भए । गगन पार्टीभित्र पनि नयाँ कुरा गर्छन् र सबैको विरोधमात्र गर्छन् तर त्यसको बिकल्प के हो भन्ने सुझाव दिन सक्दैनन् । कांग्रेसको केन्द्रीय समितिको बैठक चलिरहेको छ । सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा पनि उनले असहमति जनाए । जताततै विरोध गर्ने र जनतामाझ चर्चामात्र बटुल्ने उनको पारा अहिले आलोचनयोग्य बनेको छ ।