काठमाण्डौं – न्युज २४ टेलिभिजन सिधा कुरा ‘जनतासँग’ कार्यक्रमका पत्रकार रवि लामिछाने र निलम्बित कञ्चनपुरका डिएसपी अंगुर जिसीविरुद्ध अदालतको मानहानी गरेको भन्दै हालिएको मुद्दा खारेज भएको छ ।
१३ बर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा सुरुवाती अनुसन्धानमा खटिएका डिएसपी जिसी र कञ्चनपुरबाट प्रकाशित हुने मानसखण्डका सम्पादक खेम भण्डारीसँग रवि लामिछानेले केही दिन अघि न्युज २४ टेलिभिजनको कार्यक्रममा प्रतक्ष्य अन्तर्वार्ता लिएका थिए ।
निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको प्रमाण नष्ट गरेको र यातना दिएको अभियोगमा जिल्ला अदालतमा कञ्चनपुरमा मुद्दा विचारधीन रहेकाले सार्वजनिक रुपमा बोल्न नमिल्ने र आफ्नो भाइ दिलिपसिंह विष्टलाई अभियोग लगाएको भन्दै उनका दाजु खड्गसिंह विष्टले रवि र जिसीविरुद्ध मुद्दा हालेका थिए ।
पत्रकार खेम भण्डारीकै उक्साहटमा खड्गसिंहले लामिछाने र जिसीविरुद्द मुद्दा हालेका हुन् । उक्त मुद्दा जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण वस्तीले खारेज गरेका हुन् । सोही अन्तर्वार्तालाई लिएर पत्रकार आचारसंहिता उल्लङ्घन गरेको भन्दै रवि लामिछानेविरुद्ध खेम भण्डारी आफैले पनि प्रेस काउन्सिलमा उजुरी दिएका छन् ।