ओली–प्रचण्ड र भट्टराई–यादवको दल निर्वाचन आयोगमा पुनः दर्ता गर्नुपर्ने

काठमाण्डौं – ओली–प्रचण्ड नेतृत्वको दल नेकपा र बाबुराम–उपेन्द्र नेतृत्वको समाजवादी पार्टीले निर्वाचन आयोगमा पदल दर्ता गर्नुपर्ने भएको छ । दर्तापछि मात्र आउँदो मंसिुर १४ को उपनिर्वाचनमा भाग लिन पाउनेछन् ।
निर्वाचन आयोगका अनुसार २०७४ सालको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनमा आयोगमा दर्ता भएका दलले उपनिर्वाचनको प्रयोजनका लागि पुनः दल दर्ता गर्नु पर्दैन । ती चुनावमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग दल र अलग चुनाव चिह्नसहित निर्वाचनमा भाग लिएपनि हाल पार्टी एकता भइसकेको अवस् पुनः दल दर्ता गनुपर्ने भएको हो ।
त्यस्तै उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल मिलेर बनेको समाजवादी पार्टीले पनि पुनः दल दर्ता गर्नुपर्नेछ । यी दुई पार्टीबीच केही महिना अघिमा एकता भएको थियो । यसअघिका चुनावपछि एकता गरेका राप्रपा संयुक्तले पनि पुनः दल दर्ता गराउनुपर्नेछ । रविन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्वल थापाको विवेकशील पार्टीले पनि उपनिर्वाचन प्रयोजनका लागि पुनः दल दर्ता गर्नुपर्नेछ ।
निर्वाचन आयोगका अनुसार हाल आयोगमा १ सय ३२ वटा राजनीतिक दल दर्ता छन् । उपनिर्वाचन प्रयोजनका लागि थप दल दर्ता हुने क्रममा छन् । दर्ता नहुने दलले निर्वाचनमा भाग लिन पाउँदैनन् । आगामी मंसिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका कुल ५२ वटा पदमा उपनिर्वाचन हुँदैछ । विविधकारण खाली हुन आएका क्षेत्रहरुमा उपनिर्वाचन गर्न लागिएको हो ।