काश्मीरको मानवअधिकारबारे अमेरिका चिन्तित !

0

भारत र पाकिस्तानलाई सीधा वार्ता गर्न आग्रह

नयाँ दिल्ली \ बीबीसी – अमेरिकाले भारतको जम्मु काश्मीर क्षेत्रको मानवअधिकारको अवस्थालाई लिएर चिन्ता व्यक्त गरेको छ । द टाइम्स अफ इण्डियाले जनाएअनुसार अमेरिकाको नयाँ दिल्ली स्थित दूतावासले विहीबार एक वक्तव्य प्रकाशित गरी कानुनी प्रक्रियाको पालना गर्न र प्रभावित सर्वसाधारणसँग कुराकानी गर्न आग्रह गरेको छ ।

अमेरिकी दूतावासका प्रवक्ताले काश्मीर र अन्य मामिलामा भारत र पाकिस्तानबीच सीधा वार्ता गर्न आग्रह गर्दै त्यसलाई अमेरिकाले समर्थन गर्ने समेत जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.