भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक नबसेको भन्दै सञ्चारमन्त्रीले संसदलाई ढाँटे

काठमाण्डौं – सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सार्वभौम संसदलाई ढाँटेका छन् ।
मंगलबार भिडियो कन्फरेन्समार्फत बसेको मन्त्रिपरिषदको बैठक विवादित बनेपछि बिहीबार त्यसबारे संसदलाई जानकारी गराउँदै साेमबार मन्त्रिपरिषद् बैठक नबसेको भन्दै संसदमा झुट बोलेका हुन्।
उनले संसदमा त्यस दिन प्रधानमन्त्रीसँग भिडियो मार्फत सामूहिक कुराकानी भएको मात्रै भएको तर मन्त्री परिषद्को कुनै पनि एजेण्डामा छलफल नभएको दावी गरे।
संसदमा बास्कोटाले भने, ‘त्यो दिन मन्त्रिपरिषद्को कुनै एजेण्डा थिएन। सबै मन्त्री जम्मा भएर प्रधानमन्त्रीसँग स्वास्थ्यस्थितिको बारेमा जानकारी लिइएको हो।’

प्रविधि र प्राबिधिकलाई धन्यवाद दिन चाहन्छु। आज पहिलो चोटी सिंगापुरबाट टेलिप्रिजेन्स मार्फ़त मन्त्रिपरिषदको बैठक बस्न सकियो । मन्त्रिपरिषदका सबै सहभागी साथीहरूलाई धन्यवाद! प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयका सबै सहयोगीहरूलाई धन्यवाद।
1,3532:00 PM – Aug 26, 2019Twitter Ads info and privacy326 people are talking about this
तर साेमबार भिडियोमार्फत मन्त्री परिषद्को बैठकमा सहभागि भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो व्यक्तिगत ट्वीटर ह्याण्डलबाट भिडियोमार्फत मन्त्रीपरिषद् बैठक सञ्चालन गरेकाे भन्दै ट्वीट गरेका थिए।
प्रधानमन्त्रीले ट्वीटरमा लेखेका छन्, ‘प्रविधि र प्राबिधिकलाई धन्यवाद दिन चाहन्छु। आज पहिलो चोटी सिंगापुरबाट टेलिप्रिजेन्स मार्फ़त मन्त्रिपरिषदको बैठक बस्न सकियो। मन्त्रिपरिषदका सबै सहभागी साथीहरूलाई धन्यवाद! प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयका सबै सहयोगीहरूलाई धन्यवाद।’
यस्तै प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाललेसमेत ट्वीट गरेर भिडियोमार्फत मन्त्री परिषद्को बैठक सञ्चालन भएको जानकारी गराएका थिए।

सिंगापुरदेखि काठमाडौं:
पहिलो पटक टेलिकन्फ्रेन्स मार्फ़त मन्त्रिपरिषदको बैठक बस्दै
6001:24 PM – Aug 26, 2019Twitter Ads info and privacy219 people are talking about this
तर संसदमा उक्त मन्त्रीपरिषद् बैठकको जानकारी गराउने क्रममा सरकारका प्रवक्ता वास्कोटाले संसदलाई ढाँटेका छन्।
साथै मन्त्री बास्कोटाले भिडियोमार्फत मन्त्रीपरिषद् बैठक गर्नु कानुनसम्मत भएको बताए। उनले कार्यविधि संशोधन गरेरै उक्त व्यवस्था गरिएको जानकारी गराए।
‘प्रविधि र सुरक्षासँग जोडेर प्रश्न उठाइए पनि यो सार्वभौमसत्तासँग जोड्नु पर्ने विषय होइन। यस विषयलाई यसरी प्रस्तुत गरियो कि प्रधानमन्त्रीले बाहिर गएर बोल्नु नै हुँदैन’, उनले भने, ‘रसिया र अमेरिकाका राष्ट्रपतिले मन्त्रीहरुसँग हेलिकप्टरबाटै कुरा गर्छन्। उनीहरुको बारेमा प्रश्न उठेन, हाम्रो चाही उठाउँनु पर्ने?’
भिडियो कन्फेरेन्समार्फत सञ्चालन गरिएको मन्त्रीपरिषद् बैठकको प्रतिपक्षि कांग्रेस लगायत सत्तारुढ पार्टी भित्रै विरोध भएको थियो।