काठमाण्डौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चार जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको नेकपा सचिवालय बैठकले विभिन्न पार्टीबाट एकतामा आएका चार जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको हो ।

बैठकले देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राईलाई केन्द्रीय सदस्य मनोनयन गरेको नेकपा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।

पार्टी विधानमा रहेको केन्द्रीय सदस्यमा १० प्रतिशत थप गर्ने व्यवस्थाअनुसार उनीहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको हो । योसँगै नेकपाको केन्द्रीय कमिटी ४४५ सदस्यीय बनेको छ ।

सोमबार कार्यकारी अधिकार प्राप्त गरेपछि ‘प्रचण्ड’ को नेतृत्वमा आज पहिलो पटक सचिवालय बैठक बसेको हो ।