काठमाण्डौं – प्रधानमन्त्री केपी ओली स्वास्थ्य उपचारका लागि बिहीबार (आज) सिंगापुर जाँदैछन् । यसअघि प्रधानमन्त्री ओलीले सिंगापुरमा करिव एक साता उपचार गराएर साउन २७ गते स्वदेश फर्किएका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको प्रमुख चार राजनीतिक दलको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउँदै आफू स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर जान लागेको बताएका थिए ।

चिकित्सकको सुझावअनुसार स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री सिङ्गापुर जान लागेको जनाइएको छ । यसअघि प्रधानमन्त्री ओली साउन १८ गते सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराउन गई साउन २७ गते स्वदेश फर्किएका थिए ।

प्रधानमन्त्री ओली स्वदेश फर्किएको ११ औँ दिनमा फेरि सिंगापुर जान लागेका हुन् ।