लिलिबिलीका निर्माता गोविन्द शाही ‘ठगी’ को आरोपमा पक्राउ

काठमाण्डौं – प्रहरीले चलचित्र ‘लिलिबिली’का एक निर्माता तथा कलाकार गोविन्द शाहीलाई बुधबार पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाले बुधबार काठमाण्डौंको कमलपोखरीबाट उनलाई पक्राउ गरेको हो ।
उनले ‘लिलिबिली’को हिसाबकिताब नदेखाएको भन्दै निर्देशक तथा निर्माता मिलन चाम्स र अर्का निर्माता सुदीप खड्काले गत वर्ष महाशाखामा उजुरी दिएका थिए। शाहीले फिल्म ‘लिलिबिली’ बाट आएको ८७ लाख ७४ हजार ७ सय ६५ रुपैयाँ लुकाएको भन्दै निर्माताद्वयले उजुरी दिएका थिए ।
प्रहरीले शाहीलाई पक्राउ लगत्तै जिल्ला अदालत काठमाण्डौंमा उपस्थित गराएको छ । अदालतले शाहीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।