काठमाण्डौं – बुधबार र बिहीबार काठमाण्डौंमा हुने नेपाल भारत संयुक्त आयोगको पाँचौ बैठकमा सहभागि हुन नेपाल आएका भारतीय विदेश मन्त्री एस जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् ।

बालुवाटारमा बुधबार दिउँसो दुई बजे करिब ३५ मिनेट भएको भेटमा दुई पक्षीय हित र समझदारीका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री ओलीसँगको भेटपछि भारतीय विदेशमन्त्री जयशंकर आजै सुरु हुने परराष्ट्र मन्त्री स्तरीय नेपाल भारत संयुक्त आयोगको बैठकमा सामेल हुनेछन् ।

उक्त बैठकमा नेपाल र भारतको राजनीति, सीमा सुरक्षा, उद्योग, व्यापार, पारवहन उर्जा तथा जलस्रोत, शिक्षा पर्यटन लगायतका विषयमा यसअघि भएका समझदारीलाई गतिशिलता दिइने दुबै पक्षले बताएका छन् ।

खासगरी दुवै देशमा प्रधानमत्री स्तरीय भ्रमणका बेला भएका समझदारीलाई कार्यान्वयन गर्ने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले जाकारी दिए ।

नेपाल भारत संयुक्त आयोग बैठक केहीबरेमा सुरु हुँदैछ ।