सर्वदलीय बैठक बालुवाटारमा सुरु, माधव नेपाल अनुपस्थित !

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलिले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ भने पुर्व प्रधानमन्त्री एंब नेकपा नेता माधव कुमार नेपाल भने अनुपस्थित भएका छन् ।
धानमन्त्री ओलीले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन गर्न बनेको आयोग पदाधिकारी चयनका लागि बालुवाटारमा बैठक बोलाएका थिए । सो बैठकमा नेकपा भित्रै असन्तुष्टि चुलिएको छ । यसअघि नेकपा सचिवालय बैठकले गरेको निर्णय विरुद्ध नोट अफ डिसेन्ट लेखि असन्तुष्टि जनाएका थिए । नेता नेपालले ‘एक व्यक्ति एक पद’को माग गर्दै फरक मत राखेका थिए ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिनसम्बन्धी आयोगमा पदाधिकारी नियुक्त गर्न ढिलाइ भइरहेका बेला ओलीले अरु दलसँग पनि छलफल गर्न बैठक बोलाएका हुन् ।
महत्वपूर्ण विषयमा पार्टीभित्र समेत छलफल नगर्ने बानी परेका ओलीले सर्वदलीय बैठक बोलाउनुलाई कार्यशैली फेर्न लागेको संकेतका रुपमा हेरिएको छ ।