केपी ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद छाड्नुपर्छ : नेपाल

काठमाण्डौं – वरीयता हेरफेरका क्रममा एक स्थान तल झरेर तेस्रो स्थानमा पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीले दुईमध्ये एक पद छाड्नुपर्ने लिखित प्रस्ताव पार्टीमा दर्ता गराएका छन् ।
नेता नेपालले मंगलबार पार्टीमा सातबुँदे नोट अफ डिसेन्ट दर्ता गराउँदै सो कुरा बताएका हुन् । उनले दर्ता गराएको सातबुँदे नोट अफ डिसेन्टमा एक व्यक्ति एक प्रमुख जिम्मेवारीको वैधानिक व्यवस्थालाई पार्टी अध्यक्षद्वयदेखि सबै व्यक्तिमा लागू गरियोस् भन्ने उल्लेख गरेका छन् ।
उनले आफूले दर्ता गराएको नोट अफ डिसेन्टमा उल्लेख कमी–कमजोरीलाई सच्याउन पनि माग गरेका छन् ।