कतारबाट यात्रु बोकेर आएको हिमालय एयरलाइन्सको विमानमा चरा ठोक्कियो

काठमाण्डौं – कतारबाट यात्रु लिएर काठमाण्डौं आएको हिमालय एयरलाइन्सको विमानमा चरा ठोकिएको छ ।
कतारको दोहाबाट काठमाडौँ आएको एच ९५६४ जहाज अवतरण गर्ने क्रममा चरा ठोक्किएको र विमानमा रहेका सबै यात्रु सकुश रहेको विमानस्थल स्रोतले जनाएको छ ।
विमानमा चरा ठोक्किएसँगै केही बेर अबरुद्ध भएको विमानस्थलको उडान र अवतरण अहिले सुचारु भईसकेको छ ।
यसबारे पूर्ण विवरण आउँन बाँकी छ ।