चितवनमा प्रर्दशनकारीद्धारा प्रहरीको गाडीमाथि तोडफोड, ४ राउण्ड अश्रुग्याँस प्रहार

चितवन – पत्रकार रवि लामिछाने र युवराज कंडेललाई रिहा गर्नुपर्ने माग राख्दै रवि लामिछानेका समर्थकहरुले शनिबार पनि जिल्लामा प्रदर्शन गरेका छन् ।
प्रदर्सनका क्रममा उनीहरुले गस्तीमा हिंडेको प्रहरीको बा. १.झ. १२७१ नम्बरको गाडी तोडफोड गरेका छन् । प्रहरीको गाडी तोडफोड भएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
प्रर्दशनकारीलाई तितरवितर पार्न प्रहरीले लाठी चार्ज र चार राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको छ । जिल्लामा अहिले ठूलो संंङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।