काठमाण्डौं – सत्तारुढ नेकपाको सचिवालय बैठक आज (शनिबार) अपरान्ह चार बजे बस्दैछ । आजको बैठकमा जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्ज तोक्नेबारे छलफल हुने बताइएको छ ।

शुक्रबार बसेको सचिवालय बैठकले पार्टीको संगठन विभागको नेतृत्व टुंगो लगाएको थियो । आजको बैठकमा अन्य थुप्रै मुद्दा भए पनि समय हेरेर छलफल अघि बढाउने योजनामा नेताहरु छन् ।

बैठकमा नेता झलनाथ खनाले पेश गरेको प्रस्ताबबारे भने आज छलफल नहुने बुझिएको छ।