कश्मीर मुद्दाबारे भारतका लेखकले लेखे पत्र, मोदीले लोकतन्त्रको मजाक उडाए

एजेन्सी – भारतका दुई सय भन्दा धेरै लेखक तथा सामाजिक कार्यकर्ताहरुले भारत प्रशासित कश्मीरबाट विशेष राज्यको दर्जा हटाउने विषयमा मोदी सरकारलाई पत्र लेखेका छन् ।
भारत प्रशासित कश्मीर मुद्दामाथि प्रधानमन्त्री नरेन्द्र मोदी सरकारविरुद्ध देशभरका दुई सय भन्दा धेरै लेखक तथा सामाजिक कार्यकर्ताले लेखेको पत्रमा सरकारले लोकतन्त्रको मजाक उडाएको उल्लेख छ ।
संविधानको अनुच्छेद ३७० को प्राबधान हटाएर मोदी सरकारले लोकतन्त्रमाथि प्रहार गरेको पत्रमा उल्लेख छ । ‘जम्मू–कश्मीरका मानिसहरुलाई यसबारेमा सोधिएन । केन्द्र सरकारको यो फैसला यहाँका मानिसहरुसँग गरिएको प्रतिबद्धताको उलंघन हो’, पत्रमा लेखिएको छ ।
अमिताभ घोष, नयनतारा सहगल, पेरुमल मुरुगन, अशोक वाजपेयी, टीएम कृष्णा, जेवी पवार, बेज़वाड़ा विल्सन, अमित चौधरी, शशि देशपांडे, शरणकुमार लिंबाले, पी साईनाथ, दामोदर मौज़ो, दलीप कौर तिवाना, बामा, सांभाजी भगत, जेरी पिंटो समेत अन्य व्यक्तिहरुले यो पत्रमा हस्ताक्षर गरेका छन् ।