चारदिशा सम्बाददाता

परोपकारी कार्यमा बिगत १० बर्ष देखि सक्रिय बेल्जियमबासी नेपालीहरुको संस्था चितवन सहायता कोषको पाचौ अधिबेशनले दिनेश भण्डारीको नेत्त्रित्वमा नयाँ कार्यसमिती चयन गरेको छ । गत आईतवार लुभेन शहरमा सम्पन्न अधिबेशनले आगामी दुई बर्षका लागि नयाँ समितिको चयन गरेको हो । समितिको अध्यक्षमा दिनेश भण्डारी,बरिष्ठ उपाध्यक्षः रफि शाह,
उपाध्यक्षहरूः श्रीराम प्रसाइं , राजु घिमिरे, महासचिवः भुवन सुवेदी ,सचिवः विश्व अर्याल ,कोषाध्यक्षः विकास सापकोटा ,सदस्यहरूमाः चिजकुमार श्रेष्ठ (ठुलो), शंकर वजगांइ, सागर अधिकारी,मोहन के.सी.,राधिका तिवारी, शान्ति भट्टराइ, नारायण प्रसाद पैाडेल, तेजेन्द्र कंडेल,उत्तम मल्ल, कृष्ण शाहीकिरण कंडेलझलक मणी अधिकारी, इश्वर प्रसाद चैाधरी अोम प्रकाश गुरूङ रहेका छन ।

चितवनबाट बेल्जियम आइ यहाँ बसोबास गर्ने नेपालीहरुको यस् संस्थाले अक्ष्ययकोषको स्थापना गरी चितवनका दु:खमा परेका ब्यक्तीहरुलाई स्वास्थ्योपचार, गरीब असाहाय बालबालिकाहरुको शिक्षा आर्जन जस्ता परोपकारी कार्य गारिरहेको छ । बिभिन्न ब्यक्तीहरुबाट समय समयमा प्राप्त हुने सहयोग, अक्ष्ययकोषबाट प्राप्त हुने रकमबाट गरिने सहयोग प्रभाबकारी भए पनि अझ धेरै आवश्यकता हुने हुँदा यसको दाँयारा फराकिलो पार्दै जाने र धेरै भन्दा धेरै असक्त असाहायहरुको सेवामा लाग्ने आफ्नो प्रमुख उद्यस्य रहने नबनिर्बाचित अध्यक्ष्य दिनेश भण्डारीले बताएका छन ।
नेपाली राजदुतावास बेल्जियमका महामहिम राजदुत राममणी पोख्रेलज्यूको प्रमुख अतिथ्यता र गैंर अावासीय नेपाली संघ बेल्जियमका अध्यक्ष प्रेम गुरूङ विशेष अतिथी तथा गैंर अावासीय नेपाली संघका यूरोप संयोजक अर्जुन श्रेष्ठ र गैंर अावासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय समितिका सदस्यहरू शिव कुमार वरूवाल तथा जानकी गुरूङ, संस्थापक अध्यक्ष तथा संरक्षकज्यु सिता सापकोटा ,भु.पु अध्यक्ष तथा संरक्षक रामहरी घिमिरे र बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरू अतिथी रहनु भएको उक्त उदघाटन सत्रको सभापतीत्व कोषकी अध्यक्ष पार्वती अधिकारीले गर्नुभएको थियो भने कोषका बरिष्ट उपाध्यक्ष दिनेश प्रसाद भण्डारीले स्वागत गर्नुभएको थियो ।