एजेन्सी – भारको आन्द्र प्रदेशस्थित विशाखापट्नममा तटरक्षक जहाज जगुआरमा सोमबार विस्फोटपछि आगो लागेको छ ।
जहाजमा आगो लागेपछि २९ जना चालक दलका सदस्यहरुले ज्यान जोगाउन समुद्रमा हाम फालेका थिए। जसमध्ये २८ जनाको उद्दार गरिएको छ भने बाँकी एक जना बेपत्ता रहेको भारतीय सञ्चारले जनाएका छन् ।
#WATCH Visakhapatnam: At 11:30 am today, 29 crew members of Offshore Support Vessel Coastal Jaguar jumped into water after a fire engulfed the vessel. 28 rescued by Indian Coast Guard. Search for 1 missing crew underway. Exact cause of fire yet to be ascertained. #AndhraPradesh4762:26 PM – Aug 12, 2019Twitter Ads info and privacy180 people are talking about this
बेपत्ताको खोजी कार्य जारी रहेको छ । जहाजमा आगो लाग्नुको कारण थाहा हुन सकेको छैन ।
भारतीय तटरक्षक बलका अनुसार सोमबार बिहान करिब साढे ११ बजे जहाजमा विस्फोट भएको र त्यसपछि आगो लागेर धुवाँको मुस्लो निस्कीएको थियो । त्यसपछि ज्यान जाेगाउन चालक दलका सदस्यले पानीमा हाम फालेका थिए ।