कश्मीर : ईदको कसलाई चिन्ता छ? परिवारजनको अवस्था थाहा पाउनुछ

नयाँ दिल्ली \ बीबीसी – सेतो बादलको बीचबाट उडिरेको विमान तल झर्दा झ्यालबाट हेर्दा आँखाले जहाँसम्म देख्न सक्छ, त्यहाँसम्म हरियाली देखिन्छ । रुखहरुबाट घेरिएको पहाड, घर, खेत, खाली सडकहरु । आकाशबाट हेर्दा शान्त लाग्छ, विल्कुल शान्त ।

तर, विमानको भित्र हेर्ने हो भने तनावमा रहेका अनुहार देखिन्छन्। जसलाई थाहा छैन जमीनमा अवस्था के छ ? दिल्लीबाट उडेको विमान श्रीनगरको जमीन छुन लागेको छ । आफन्तहरुसँग भेट्ने वेग्रतामा देखिएका मानिसहरुका लागि सवा घण्टाको यो यात्रा पनि लामो भयो ।

‘मेरो ह्याण्डब्यागमा दाल छ, खानेकुरा छ, औषधिहरु छन्, कुनै उपहार छैन । म आफुसँग मात्र खानेकुरामात्र लिएर जाँदै छु । म कसैसँग कुरा गर्न सकिरहेको छैन । न आफ्नी श्रीमतीसँग, न बच्चासँग, न आमाबाबुदेखि काका, न पूरा कश्मीर उपत्यकाका कोहीसँग ।’

‘साँचो कुरा भनु म ईद मनाउन गइरहेको छैन, म यो हेर्न जाँदैछु की मेरा परिवारजनको अवस्था के छ । उनीहरुलाई भन्न जाँदैछु, म ठिक छु । यहाँ पूरा सञ्चार खत्म भएको छ । यस्तो लागिरहेको छ, हामी हालको संसारमा छैनौं, कुनै अँध्यारो युगमा छौं ।’

‘एक चिन्ता सताइरहेको छ, त्यहाँ सबै ठिक त छ? यसकारण हामी राम्रोसँग काम गर्न सकिरहेका छैनौं । दिमागमा धेरै टेनशन छ । जब टेनशन हुन्छ, तपाईँको दिमागमा नराम्रो ख्याल आउँछ । हुन सक्छ सबै ठिक होस, तर हामीलाई केही थाहा छैन । हामी आफ्ना परिवारजनबारे जानकारी लिनका लागि बेग्र छौं ।’

‘मैले हजारौं पटक फोन गरिसकेको छु । जो नम्बरमा फोन गर्छु, स्वीच अफ, सबै नम्बर बन्द त हुन सक्दैनन् नी । केही न केही त गलत भइरहेको होला, यही दिमागमा चलिरहेको छ ।’

आसिफले दिल्लीको इन्दिरा गान्धी विमानस्थलबाट श्रीनगरका लागि उडान भरेका हुन् । दिल्लीस्थित एक नीजि बैंकमा काम गर्ने आसिफ गएका केही दिनदेखि राम्रो सँग सुत्न पनि सकेका छैनन्, भोक पनि लागेको छैन ।

थकावट र बेग्रता उनको अनुहारमा राम्रोसँग देख्न सकिन्छ । दिल्लीदेखि श्रीनगरका लागि उडान भर्ने सबैको अनुहारलाई राम्रोसँग अवलोकन गर्ने हो भने, सबैको अनुहारमा एउटै बेग्रता देख्न सकिन्छ ।

भारत सरकारले ५ अगस्टमा संविधानको धारा ३७० लाई निस्तेज पारेर भारत प्रशासित कश्मीरको विशेष राज्यको दर्जा खारेज गरिदिएको छ । सरकारले यस राज्यलाई दुई केन्द्र शासित प्रदेशमा विभाजित गरिदिएको छ ।

तर, यसको घोषणा गर्नुभन्दा पहिलादेखि नै उपत्यकामा सबै किसिमको बाहिरी सम्पर्क विच्छेद गरिएको छ । इन्टरनेट बन्द गर्नुका साथै मोबाइल र ल्याण्डलाइन फोन सेवा बन्द गरिएको छ ।

हरियाणाको एक मेडिकल कलेजमा अध्यनरत ४ जना कश्मीरी विद्यार्थीहरुले आगामी महिनाहरु परीक्षाको तयारी गर्नुपर्ने थियो । तर, तनावमा उनीहरु घर फिर्ता हुँदैछन् । उनीहरु भन्छन्, ‘परीक्षा हुनेवाला थियो, हामीले तयारीमा केन्द्रित हुनुपर्ने थियो, तर सम्पर्क बिच्छेद भयो । परिवारजनसँग कुरा हुन सकेको छैन । हामी मानसिकरुपमा निकै डिस्टर्ब भएका छौं । निकै चिन्ता लागेको थियो । न क्लास लिन सकिरहेका थियौं न अरु केही । हामी ईद मनाउन गइरहेका छैनौं । परिवारजनको हालचाल बुझ्न जाँदै छौं ।’

उनीहरु भन्छन्, ‘भारतीय सञ्चार माध्यमले कश्मीरको अवस्थाबारे केही जानकारी दिएका छैनन् । न सरकारका तर्फबाट कुनै जानकारी आएको छ । हामीलाई थाहा छैन, खासमा त्यहाँ के भइरहेको छ ?’

दिल्लीको जामिया यूनिभर्सिटीमा कानूनको पढाई गर्ने शफूराको हेण्डब्यागमा पनि खानेकुरामात्र छ । उनी भन्छिन्, ‘मैले बेबी फूड औषधिहरुमात्र ल्याएर आएकी छु । चार दिन पहिला परिवारजनसँग च्याटमा केही कुरा भएको थियो । तर, त्यसपछि कुनै सम्पर्क हुन सकेको छैन । मलाई थाहा छैन, उनीहरु जीवित छन्की छैनन् ।’

उनी भन्छिन्, ‘एक डरको माहोल बनाइएको छ । सरकारले जे गरेको छ, त्यो अर्को तरिकाले पनि गर्न सक्थ्यो । विगत एक वर्षदेखि केन्द्र सरकारको शासनमा छौँ । केही अन्य राज्यको पनि विशेष दर्जा छ । यदि त्यहाँबाट शुरु गरेर कश्मीरसम्म पुगेको भए मानिसहरुले सायद स्वीकार गर्ने थिए । तर कश्मीर, जहाँका मानिसहरुलाई पहिला देखिनै विश्वास कम छ, त्यहाँ यस्तो गरिएको छ । यसले नियतमा शंका लाग्छ ।’

शफूरालाई थाहा छैन श्रीनगर विमानस्थलमा उत्रेपछि घर कसरी पुग्ने? उ मात्र होइनकी श्रीनगर पुग्ने कसैले पनि आफ्ना परिवारजनलाई घर आउँदै गरेको जानकारी दिएका छैनन् ।

केन्द्रीय रिसर्च इन्स्टीट्युटमा पढाई गर्ने एक छात्रा श्रीनगर विमानस्थल बाहिर रुँदै उभिएकी छन् । आँशुले उसको दोपट्टा भिजेको छ । उसलाई सोपोर पुग्नु छ । तर, जाने कुनै साधन छैन । उनी मागे जति रुपैयाँ दिन तयार छ । तर कुनै पनि ट्याक्सी त्यहाँ जान तयार छैनन् ।

उसलाई तनावमा देखेर कुपवाडा जान पर्खिरहेका केही युवा उनलाई विश्वास दिलाउँछन् की उनलाई साथमा लिने छन् । तर, त्यहाँबाट अगाडि कसरी जाने, उनीहरुलाई पनि थाहा छैन ।

यस्तो चिन्ताजक सरक्षा अवस्थामा पनि उनीहरु किन घर फिर्ता भएका छन्? यो प्रश्नमा उनीहरु भन्छन्, ‘हामीलाई थाहा छैन, हाम्रा परिवारजन जीवित छन् की छैनन् । हामी सबै छोडेर उनीहरुको हाल थाहा पाउँन चाहन्छौं । उनीहरुसँगै बस्न चाहन्छौं ।’

के उनीहरु ईद मनाउन आएका हुन्? उनीहरु भन्छन्, ‘यस्तो अवस्थामा कसले ईद मनाउँछ । हाम्रो प्राथामिकता अहिले पनि ईद होइन, परिवारजनको सुरक्षा हो ।’

चण्डीगढबाट आएकी छात्राका आँखा भिजेका छन् । काँपेको स्वरमा उनी भन्छिन्, ‘कलेज र पीजीमा मासिनहरु समर्थन गरिरहेका थिए । तर, मेरो मनले मानिरहेको थिएन । आमा बुबाको कुनै खबर थिएन । म आमासँग कुरा नगरेर बस्न सक्दिन । अब अवस्था सुधार भएमात्र कलेज जाने छु, पढाई छुटे पनि।’

उनको एक साथी दिल्लीबाट आएके छ । उसले पनि साथमा औषधि ल्याएको छ । उ पनि अरु जस्तै तनावमा छ । उ भन्छ, ‘मेरा बुबालाई डायबिटिज छ । मैले दिल्लीबाट उनको औषधि ल्याएको छु । हामीलाई थाहा छैन यस्तो अवस्था कति दिनसम्म हुन्छ ।’

पाँचदिनदेखि पूर्णरुपमा लकडाउनमा रहेको श्रीनगरमा शनिबार केही मानिसहरुलाई केही छुट दिइयो । यहाँ कुना कुनामा सेनाका हतियारबन्द जवान गस्ती गरिरहेका छन् । बख्तरबन्द गाडीहरु। स्पाइनरहरु, काँडे तार र दौडिरहेका सैन्य वानहरुका बीच आम मानिसहरुका सवारी साधान पनि सडकमा देखिन्छन् ।

बकरीदका लागि भेडा बेच्न आएका एक युवकले भने, ‘यो ईद होइन, यो शोकको समय हो । दुई दिनका लागि केही समय बाहिर निस्केका छौं । हामी ईदपछि आफ्नो ३७० फिर्ता लिने छौं । यो कश्मीर हाम्रो हो । हाम्रो जमीन हो । हामी हाम्रो जमीन कसैलाई लिन दिने छैनौं ।’

‘जब मुसलानहरुको कुनै ठूलो दिन आउँछ, कुनै न कुनै दंगाफसाद गराउँछन् । यो हिन्दुस्तारले सोच्नुपर्ने थियो की यिनीहरुको ठूलो दिन हो, यस्तो गर्नुहुने थिएन । कुर्बानी कर्तव्य हो, यसैले कुर्बानी गर्छौ । दुईदिन पछि हेर्नुहोला यहाँ के हुन्छ ।’

एक अर्को कश्मीरी युवाको भनाई छ, ‘हाम्रो ईदभन्दा पहिला सबै बन्द गरियो । जब कसैलाई ईद मुबारक नै भन्न सकिँदैन भने कस्तो ईद?’
उता उपत्यकामा ग्रामीण क्षेत्रबाट आएका धेरै किसानका पनि छन्, जसको कुनै कृषि उपज बिक्री पनि भएको छैन, शहरमा उनीहरुले केही खान पनि पाएका छैनन्

यस्तै एक किसानले भने, ‘यो पटक काम छैन । पशु बेच्न पाउँछौं जस्तो लागेको छैन । सबै बन्द छ । बिहानदेखि भोकै छौं ।’

कफर््यूमा खुकुलो भएपछि केही ठेलावाला तरकारी र फल बेच्न आएका छन् । उनीहरुको तस्वीर लिन खोज्दा एक युवाले रोक्दै भने, ‘तपाई संसारलाई के देखाउँन चाहनुहुन्छ? श्रीनगरमा सबै सामान्य छ? कश्मीरी फल र तरकारी किनिरहेका छन्?’

उसले सबै कुरा भन्न नपाउँदै कतैबाट ढुंगा प्रहार भयो । ढुंगामुढा भएको हल्ला फैलिन थाल्यो । ठेलावाला आफ्ना ठेला लिएर भागे । एक वृद्ध आफ्नो पूरा दम लगाएर ठेला घकेल्न लागे । यस्तो लाग्यो मानौं पूरा उपत्याकामा जारी तनावको बोझ उनीमाथि छ ।

यहाँबाट डलको तर्फ जाँदा भारी सैन्य उपस्थितिमा माहोल केही सामान्य जस्तो लाग्छ । केही स्थानमा सवारी साधानको भीड पनि सडकमा देखिन्छ । तर, यस्तो कुनै स्थान छैन जहाँ सय मिटरको दूरीमा हतियारबन्द सेनाका जवा नउभिएका हुन् ।

डलको किनारामा बसेका केही युवाहरु अवस्थाबारे चर्चा गरिरहेका थिए । करी ३० वर्षका एक युवा भन्छन्, ‘कश्मीरलाई एक जेल बनाएर दुईजना मान्छेले यो निर्णय लिए । न कश्मीरको पहिला सुनियो, न अब सुनियो । अझै मानिसहरु घरमा बसेका छन् । जब मानिसहरु घरबाट निस्कनेछन्, उनी संसारले देख्ने छ, यो निर्णयबारे कश्मीरीले के सोचेका छन्। ’

‘यति ठूलो निर्णय लिनुभन्दा पहिला के कश्मीरका मानिसहरुलाई विश्वासमा लिन सकिँदैनथ्यो ? कश्मीरीहरुको कुनै आवाज सुनिएन । चुनिएका नेताहरुलाई पनि बन्द गरियो ।’

‘मोदी जी भन्थेकी हामी चाडपर्वको सम्मा गर्छौ । मानिसहरु आफ्नै घरमा बन्द छन् । हामीलाई भनिएको छ, आफ्नै घरमा ईद मनाओ । यार नातेदारसँग नभेटेर कस्तो ईद ? बाहिरको संसारलाई सबै सामान्य भएको देखाईँदै छ । के तपाईलाई केही सामानय देखिएको छ?

हालतले निराश युवा भन्छन्, ‘कश्मीरी घरमा लक छन् । उसको दिमाग पनि लक भएको छ ।कश्मीरी मानिसहरुसँग कुनै विकल्प छैन । म जब ठूलो भएँ यही देखिरहेको छु । कर्फ्यू, बन्द, मारधाड । कहिल्यै शान्ति देखेन ।’

उनी भन्छन्, ‘बन्दुकको नालमा सरकार जे पनि गर्न सक्छ । जमीन हत्याउन सक्छ । जो यहाँ भइरहेको छ, सबै बन्दुकको भरमा भइरहेको छ । यो जमीन हत्याउन त सक्छन् । किन्न सक्दैनन् । तर, यो भारतका आम मानिसहरुका लागि गरिएको होइन । ती ठूला मानिसहरुका लागि गरिएको छ, जसको पैसाले भारत सरकार चल्छ । यसमा न कश्मीरीका लागि केही छ न आम भारतीयहरुका लागि ।’