नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमद्वारा संकलित राहत वितरण

0

महाभुकम्पले अतिप्रभावित सिन्धुपाल्चोक जिल्लाको सागाचोक गाबिसको भिमटारका भूकम्पपीडितलाई नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमद्वारा संकलित राहत वितरण गरिएको छ । एक सय पचास बोरा चामल,आलु प्याज केटाकेटीहरुलाई कलम,विस्कुट र खेलौना वितरण गरिएको उक्त वस्ति माझीहरुको बाहुल्यता रहेको छ । भूकम्पले बस्ती पुरै ध्वस्त भएको र राहत वितरणका लागि अहिले सम्म कोही नपुगेको हो । मोर्चाले संकलन गरेको ७,८१,१११ रुपैयां नेकपा माओवादीलाई हस्तान्तरण गरिएको थियो ।
भुकम्पले अतिप्रभावित क्षेत्रमा नेकपा माओवादीका महासचिव विप्लव आफैं गएर राहत वितरण गर्ने,भुकम्प पिडितका लागि टहरा निर्माण गर्ने काममा आफै अहोरात्र खटेका कारणले मोर्चाले उक्त पार्टीको व्यवस्थापनमा राहत वितरण गराउने निर्णय गरेको थियो । उक्त राहत अभियानको पहिलो किस्ता पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वितरण गरेका हुन । यो अभियानलाई अतिप्रभावित क्षेत्र हेरी अन्य जिल्लाहरुमा लगिने छ ।
नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमको व्यानरमा वितरित उक्त अवसरमा बोल्दै महासचिव विप्लवले पीडितहरुसँग दु:ख साट्न आफूहरु गाउँमा आएको बताए । भूकम्पीपीडितको लागि पार्टीले सम्पूर्ण संयन्त्र परिचालन गरेको उनले सो अबसरमा जानकारी दिएका थिए । प्रवासमा रहेका नेपालीहरुले देश महाबिपत्तिमा परेको बेला गरिएको सहयोगको उनले सह्राना गरे । उनले भुकम्पका पीडितहरुको उद्दार, राहत र पुर्ननिर्माणमा आफूपनि जनतासँगै रहेको बताए । कार्यक्रमममा उक्त पार्टीका नेवा ताम्सालिङ ब्युरो इन्चार्ज असारे काका, नेवा इन्चार्ज अनिल, ताम्सालिङ इन्चार्ज चिरन, जिल्ला इन्चार्ज बाबुरामको उपस्तिथि रहेको थियो ।
यस्तै गरेर उक्त पार्टीका राष्ट्रिय जनस्वंयसेव नेपालका कार्यकर्ताहरुहरु निरन्तर भुकम्प पिडीतहरुको उद्धार र व्यवस्थापनमा खटिएकारुलाई लगाउनको लागि लोगो सहितको रातो टी सर्टहरुको अत्यन्तै आवस्यकता देखेर नेपाली व्यवसायी संघ, बेल्जियमका महासचिव लोक दाहालले टिसर्ट किन्नका लागि रु ५०,००० सहयोग गर्नुभएको छ । हाल वहां भुकम्प पिडितहरुको सहयोगको लागि नेपालमा नै हुनुहुन्छ ।

उद्दारका क्रममा आएका कतिपय विदेशी सुरुक्षा सेनाहरु उद्दार तथा सहयोगमा संलग्न हुनु भन्दा अन्य शंकास्पद गतिबिधिमा ब्यस्त रहेको मात्र नभै दीर्घकालिन रुपमा अड्दा नै जमाएर बसेका छन । प्राकृतिक विपत्तिमा भारतीय सेनाहरुले ठाउँ ठाउमा क्याम्प नै जमाएर बसेकाले देशको राष्ट्रियता स्वाधिनता माथि धावा बोलेको महसुस गर्दै नेपालमा जनस्तरबाटै विरोध भएको छ । विदेशीहरुले सहयोगको नाममा गरिएका अनावश्यक गतिविधी बारे नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमले चासो राख्दै नेपाल सरकार तथा नेपाली जनतालाई चनाखो रहन खबरदारी पनि गरेको छ ।

Leave A Reply

Your email address will not be published.