काठमाण्डौं – काठमाण्डौंको माइतीघर मण्डलामा सकेट बम भेटिएको छ ।

माइतीघर मण्डलास्थित सेन्टजेभियर्स कलेज अगाडि बुधबार बिहानै सकेट बम फेला परेको महानगरीय पहरी परिसरका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए । बम राखेको स्थान नेपाली सेनको मुख्यालय भद्रकाली केही मिनेटको दूरीमा रहेको छ ।

सकेट बम भेटिएलगत्तै पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले त्यसलाई निष्क्रिय पारेको छ । बम कसले राख्यो भन्ने अहिलेसम्म खुलेको छैन । सुवेदी घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताए ।