काठमाण्डौं – भारतीय पूर्वविदेशमन्त्री सुष्मा स्वराजको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।
सिंगापुरमा उपचाररत प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उक्त समाचाले आफू स्तब्ध भएको बताएका छन् । उनले भनेका छन, ‘म सम्झन्छु कि उहाँले मलाई आत्मीयताका साथ भाइ भनेर बोलाउने र आत्मीयता साथ भावना व्यक्त गर्ने क्षमतावान नेता हुनुहुन्थ्यो ।’