एजेन्सी – पाकिस्तान सरकारले भारतको अधिनमा रहेको जम्मु काश्मीरबारे भारत सरकारको निर्णयलाई गैरकानुनी भन्दै त्यसको प्रतिकार गर्न सबै संभव उपाय अपनाउने घोषणा गरेको छ ।
नरेन्द्र मोदी सरकारले जम्मु काश्मीरवासीहरुले पाउँदै आएको विशेष अधिकार त्यसको पात्रको हैसियतको समाप्ती र सुरक्षा निकायहरुको व्यापक परिचालन गरे लगत्तै पाकिस्तान सरकारले यस्तो प्रतिक्रिया दिएको हो ।
पाकिस्तान विदेश मन्त्रालयद्वारा जारी एउटा प्रेस विज्ञप्तिमार्फत भारत सरकारको कमदमको निन्दा र त्यसलाई स्वीकार नगर्ने पाकिस्तान सरकाले जनाएको हो ।
‘भारत सरकारले कुनै पनि एक पक्षीय कदमले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा मानिएको प्रस्तावमा परिवर्तन पाउन सक्तैन’ विज्ञप्ति भनिएको छ, ‘यो अन्तराष्ट्रिय विवादहरूको एउटा पक्षका हैसियतले यो गैरकानुनी कदमलाई प्रतिकार गर्न पाकिस्तानले सबै संभव उपाय अपनाउने छ ।’
पाकिस्तानको डन न्यूज टीभीसँग कुरा गर्दै विदेशमन्त्री शाह सहम्मद कुरेक्षीले भने, ‘भारत अधिनस्त काश्मीर र लक्ष्यहरुलाई केन्द्र शासित क्षेत्रमा बदलेर भारतले त्यहाँ आश मारेको प्रमाण हो यो ।’ यस अघि भारतलाई समर्थन गर्दै आएका काशिमिरीहरुलाई समेत भारत सरकारले गिरस्तार गरेको उनले बताए ।
आज फेरि भारतले काश्मिर विवादलाi अन्तराष्ट्रियकरण गरेको छ । र यसले समस्यालाई समाधान भन्दा कठीनाई तर्फ धकेल्नेछ, उनले भने ।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री मइमरान खानले मलेसियाका प्रधानमन्त्री महाथिर विन महमोदसँग टेलिफोन वार्ता गरी भारतको कदम संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको प्रस्ताव विपरीत भएको बताएका छन् ।
जवाफमा मलेसियाका प्रधानमन्त्रीले काश्मीरको पस्थितिबारे मलेसियाले नजर राखिराखेको र पाकिस्तानसँग सम्पर्कमा रहने आश्वासन दिएका छन् ।