उमर अब्दुल्ला, महबुबा मुफ्ती र सज्जाद लोन नजरबन्दमा
बीबीसी – भारत प्रशासित जम्मू कश्मिरको राजधानी श्रीनगरमा सोमबार मध्य रातिदेखि नाटकीय रुपमा राजनीतिक घटनाक्रम परिवर्तन भएको छ।नेशनल कन्फ्रेन्सका नेता उमर अब्दुल्ला, पीडीपी अध्यक्ष महबुबा मुफ्ती र जम्मू कश्मिर पिपुल्स कन्फ्रेन्सका अध्यक्ष सज्जाद लोनलाई उनीहरुको घरमा नै नजरबन्द गरिएको छ।
श्रीनगरमा रहेका पत्रकार माजिद जहाँगीरले ती नेतालाई नजरबन्दमा राखिएको पुष्टि गरे। उनका अनुसार पूरै श्रीनगरमा धारा १४४ लगाइएको छ, जुन अर्को आदेश जारी नहुँदासम्म लागू हुनेछ।
यो आदेश अनुसार जनतालाई कुनै पनि प्रकारको स्वतन्त्रता हुँदैन भने सबै शिक्षण संस्था पनि बन्द हुन्छन्। यसैबीच श्रीनगरसहित पूरै कश्मिरमा मोबाइल र इन्टरनेट सेवा पनि बन्द गरिएको छ।
I believe I’m being placed under house arrest from midnight tonight & the process has already started for other mainstream leaders. No way of knowing if this is true but if it is then I’ll see all of you on the other side of whatever is in store. Allah save us
— Omar Abdullah (@OmarAbdullah) August 4, 2019
यसअघि उमर अब्दुल्लाले एक ट्विट गर्दै आफूलाई नजरबन्द गरिन सक्ने आंशंका गरेका थिए। उमर अब्दुल्लाले आफ्नो ट्विटमा लेखेका थिए–मलाइ र अन्य नेतालाई नजरबन्द गर्ने प्रक्रिया सुरु गरिएको छ। यसका कारण थाहा पाउने कुनै तरिका छैन।’
You are not alone @OmarAbdullah. Every Indian democrat will stand with the decent mainstream leaders in Kashmir as you face up to whatever the government has in store for our country. Parliament is still in session & our voices will not be stilled. @INCIndia https://t.co/QqGa4EgrP3
— Shashi Tharoor (@ShashiTharoor) August 4, 2019
उमर अब्दुल्लाको ट्विटको जवाफमा कांग्रेस नेता एवं पूर्व केन्द्रीय मन्त्री शशि थरुरले एउटा ट्विट गर्दै उनको समर्थन गरेका छन्।
उता पीडीपी नेता महबुबा मुफ्तीले पनि एक ट्विट गर्दै कश्मिरका लागि एकजुट हुने बताएकी छन्।
In such difficult times, I’d like to assure our people that come what may, we are in this together & will fight it out. Nothing should break our resolve to strive for what’s rightfully ours.
— Mehbooba Mufti (@MehboobaMufti) August 4, 2019
महबूबा मुफ्तीले आफ्नो ट्विटमा भनेकी छन्–अवस्था सहज छैन। तर कसैले पनि हाम्रो प्रतिवद्धतालाई तोड्न सक्दैन।’
कश्मिरको जारी राजनीतिक घटनाप्रति अर्गनाइजेशन अफ इस्लामिक कन्ट्रीज (ओआईसी) ले पनि चिन्ता जनाएको छ।
#OIC General Secretariat is deeply concerned about the deteriorating situation in the #Indian occupied #Jammu & #Kashmir including reports of deployment of additional paramilitary forces & use of banned cluster munition by Indian forces to target civilians https://t.co/IeG021wnns
— OIC (@OIC_OCI) August 4, 2019
ओआईसीले आफ्नो ट्विट गर्दै भनेको छ–भारत नियन्त्रित कश्मिरको अवस्था, अतिरिक्त सुरक्षाकर्मीको तैनाथी तथा प्रतिबन्धित क्लस्टर बमको प्रयोगको खबरले हामीलाई चिन्तित बनाएको छ।’