आगजनीको आरोपमा नेकपाका बागलुङ जिल्ला सदस्य पक्राउ

0

बाग्लुङ – नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका बागलुङ जिल्लास्तरीय नेता हरिबहादुर कुवँरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पश्चिम क्षेत्र ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारबाट पक्राउ गरिएका ४० वर्षीय कुवँरलाई आज (१९ साउन) जिल्ला प्रहरी कार्यालय बागलुङ पुऱ्याइएको छ ।

बुर्तिबाङ बजारमा औषधि व्यवसाय गर्दै आएका जिल्ला सदस्य कुँवरलाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले शनिबार निवासबाटै पक्राउ गरेको थियो । आइतबार जिल्ला सदरमुकाम लगेपछि जिल्ला अदालतबाट थप अनुसन्धानका लागि तीन दिनको म्यादसमेत थप गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका निमित्त प्रहरीप्रमुख प्रहरी नायब उपरीक्षक झवीन्द्रप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

गत साउन १६ गते राति सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले बागलुङको निसीखोला गाउँपालिका – ७ राजकुतमा रहेको एनसेलको टावरमा आगजनी गरेको आशङ्कामा पक्राउ गरेको प्रहरीले जनाएको छ । आवश्यक अनुसन्धानका लागि कुँवरको मोबाइल फोनको विशेष छानबिन गरिन लागिएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.