नवलपरासी, बैशाख २० । काठमाडौंको पानीमा विष हालेको र फेरी ठुलो भुकम्प जाने भन्दै हल्ला फिजाउने एक जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका उपरिक्षक नलप्रसाद उपाध्यायका अनुसार कावासोती नयाँ गाउँका रमेशमान श्रेष्ठको मोबाईल एसएमएस र सामाजिक सञ्जाल फेसबुकबाट सर्वसाधरणलाई त्रसित गराउने खबर सम्प्रेषण गरेकाले पक्राउ गरिएको हो ।
प्रहरी प्रधान कार्यालयबाट उनको मोबाईल र फेसबुकबाट केही दिनमा ठुलो भुकम्प जाने र काठमाण्डौंको पानीमा विष रहेको भन्दै सर्वसाधरणलाई आंतकित बनाएको खबर आएपछि उनलाई कावासोती प्रहरी कार्यालयमार्फत् पक्राउ गरिएको प्रहरी उपरीक्षक उपाध्यायले बताए ।
पक्राउ परेका श्रेष्ठले आफ्नो मोबाईल र फेसबुक १३ वर्षिय छोराले चलाएको र उनैले उक्त खबर पोष्ट गरेको प्रहरी समक्ष बयान दिएको उपरिक्षक उपाध्यायले बताएका छन् ।