काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत बनेपा नगरपालिका – १४ साझा पेट्रोल पम्प नजिक बनेपाबाट साँगातर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशातर्फबाट आउँदै गरेको स्कर्पियो गाडीसँग शनिबार बिहान ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा बा५७प ९४६९ नम्बरको मोटरसाइकल चालक बनेपा नपा – १२ कोटथुम्काका २१ वर्षीय रविन थापाको शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा १०ः३५ बजे मृत्यु भएको बनेपा प्रहरीले जनाएको छ ।

बा१७च ८११२ नम्बरको स्कर्पियोले बिहान १० बजे उक्त मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते मोटरसाइकलमा सवार बनेपा नपा – १२ कोटथुम्काका २६ वर्षीय सविन थापाको उपचार भइरहेको छ ।

घटनापछि स्कर्पियो चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रासस