बीबीसी  मनिटरि‌ंग

बीबीसी – पूर्वी एशियामा पहिलादेखि नै समुद्री सीमा विवाद निकै छ, तर अब यहाँ हवाई सीमामा पनि विवाद बढिरहेकोछ। गत हप्ता मात्रै दक्षिण कोरियाली लडाकू विमानको सामना सियोलका एअर डिफेन्स आईडन्टिफिकेशन जोनमा (अडीआईजेड) चिनियाँ र रुसी लडाकु विमानसँग भएको थियो। यो घटनापछि आकाशमा बढ्दो सैन्य गतिविधिका कारण सुरक्षा चुनौती बढेको छ।

यद्यपी चीन र रुसको यो पहिलो संयुक्त हवाई सुरक्षा उडान थियो, तर दुवै देशका विमान लगातार अर्को देशको हवाइ सीमामा प्रवेश गरिरहे, त्यो चाहे जानाजान होस वा अन्जानवश।

यस्तो गतिविधिका धेरै कारण हुन सक्छन्। खुफिया जानकारी जम्मा गर्न या चालकको तालिमका लागि नै किन नहोस्। अथवा यसको पछाडि क्षेत्रीय यथास्थितिको उल्लघंनको उद्देश्य पनि हुनसक्छ।

एडीआईजेड एउटा प्रारम्भिक वार्निङ सिस्टम हो, जो शीत युद्ध ताका बनाइएको थियो। तर पूर्वी एशियामा यसको वहानामा विवादित इलामा आफ्नो दाबी गर्नकालागि प्रयोग गर्न थालिएको छ।

वास्तवमा एडीआईजेड एउटा यस्तो हवाई क्षेत्रको हो, जो देशको हवाई सीमा नजिक जहाँ कुनै पनि अज्ञात विमानबाट पहिचानको प्रोटोकल मान्नलाई भनिन्छ। यदि विमानले निर्देशनको पालना नगरे कारवाही गरिन्छ।

कहिले भयो एडीआईजेडको सुरुवात ?
रमाइलो त के भने यस्ता हवाई जोन स्थापना गर्नबाट रोक्नका लागि कुनै नियम कानुन छैनन्। न कुनै अन्तर्राष्ट्रिय कानुनी दिशा निर्देश नै छन्। पछिल्लो घटनाले बेइजिङ र मस्कोले सबैभन्दा पहिला यो विषयमा ध्यान केन्द्रित गराएका छन्।

जब दक्षिण कोरियाले चिनियाँ जेटले सियोलको हवाई क्षेत्रमा घुसपैठ गरेको बतायो, तत्काल चीनले यो त्यस्तो अन्तर्राष्ट्रिय हवाइ क्षेत्र हो जहाँ हरेक देश हवाई संचालनकालागि स्वतन्त्र रहेको प्रतिक्रिया दियो।

अमेरिका पहिलो देशको जसले १९५० को दशकमा एडीआईजेड स्थापित गरेको थियो। र, त्यही दशकमा उसले दक्षिण कोरिया र जापानको एडीआईजेड पनि स्थापना गरेको थियो।त्यस बाहेक यो क्षेत्रमा भियतनाम, फिलिपिन्स र ताइवानसँग पनि एडीआईजेड छ, र इण्डोनेशियामा आफ्नो जोन बनाउने योजना बनाइरहेको छ।

सन २०१० मा जापानले आफ्नो एडीआईजेडलाई योनागुनी द्वीपसम्म फैलाइएको छ, जसमाथि ताइवानले पनि दाबी गर्दै आएको छ। यी देशका समूहमा चीन पछि सहभागी भयो र २०१३ मा उसले पूवई चीन सागरमा आफ्नो पहिलो एडीआईजेड स्थापित गर्यो। यद्यपी यसको हवाई जोनमा एउटा विशेषता के पनि छ भने यहाँबाट जाने सबै विमानले आफ्नो पहिचान बताउनुपर्छ, चाहे त्यो जहाज जहाँ सुकै जाओस्।

यो जोनमा जापान प्रशासित सेनकाकू द्वीप पनि छ, जसलाई चीनले पनि दाबी गर्दै आएको छ। र यसलाई डियाओयू द्वीप भनिन्छ। योसँगै दक्षिण कोरिया नियन्त्रित लियोडो द्वीप पनि यो जेनमा आउँछ।

जब तीनले आफ्नो एडीआईजेड घोषित गर्यो तब उसले केही दिनपछि सियोलले आफ्नो जोन विस्तार गर्दै लियोडोलाई पनि विस्तार गर्यो। यसको अर्थ दक्षिण कोरिया आफ्नो दाबीलाई झन बलियो बनाउन चाहन्छ।

एउटा रुसी दैनिक पत्रिका एजेवस्तियामा २५ जुलाईमा एउटा लेख प्रकाशित भएको छ। जसमा लेखिएको छ–पछिल्लो दशकमा अन्तर्राष्ट्रिय हवाई सीमालाई मनोमानी तरिकाबाट अधिग्रहण गर्ने र आईडेन्टिफिकेशन जोन विस्तारलाई एक ढर्रा बनाइसकेको छ।’

लेखमा अगाडि भनिएको छ, ‘यसको जमीनी सीमाबाट शायद केही लेन देन छ। तर केही देशले समुद्रमाथि आफ्नो सीमा नजिकको न्युट्रन हवाइ क्षेत्रलाई पनि आफ्नो विशेष हवाई जोन घोषित गर्न सुरु गरेका छन्।’

यो ट्रेण्डको पछाडिको कारण के हो?
एडीआईजेड स्थापना गर्नुको पछाडि देशको सम्प्रभुता र राष्ट्रिय सुरक्षाको हवाला दिइन्छ। यद्यपी यसको कसरी नियमन हुन्छ, यो विषयमा धेरै स्पष्टता छैन। यसको प्रयोगको इजाजतलाई दावेदारीको रुपमा हेरिन्छ। विशेष गरी पूर्वी एशियामा धेरै सीमा विवाद छ।

त्यसपछिको तर्क के छ भने एडीआईजेडमा यदि कुनै देशको सीमित प्रभाव छ, अहिले पनि लामो समयदेखि यो इलाकामा उसको दाबेदारीलाई पुष्टि गर्न काम आउन सक्छ।

यद्यपी चिनियाँ एडीआईजेडलाई अमेरिकी सेनाले नजर अन्दाज गर्छ तर त्यो बाटोको प्रयोग गर्ने ६० वाणिज्यिक एयरलाइन्स र केही अमेरिकी युद्धपोतलाई पनि आफ्नो पहिचान बताउँछन्।

सिंगापुरमा एस राजरत्नम स्कुल अफ इन्टरनेशनल स्टडीजमा डिफेन्स एक्सपर्ट कोलिन कोह स्वी लीनका अनुसार विवादित इलाकामा आफ्नो दाबी गर्नु प्रत्यक्ष भन्दा धेरै अप्रत्यक्ष रुपमा हुन्छ।

उनले बीबीसीसँग भने–एक विदेशी विमान यदि एडीआईजेड भित्र रडारमा आयो, वास्तविक हवाइ सीमा बाहिर नै भएपनि इलाकामा आफ्नो दाबी जनाउका लागि त्यो माथि दवाब बनाउन सकिन्छ, र फिर्ता गर्न पनि सकिन्छ।’

एडीआईजडसँग जोडिएका घटना
यस्तो स्थिति २०१५ मा पैदा भएको थियो, जब आलो एयरलाइन्सको एउटा उडानलाई चीनको हवाई सीमा नियन्त्रकले यसकारण फिर्ता गरिदिएका थिए उसँग पूर्वी चीन सागरको एडीआईजेडबाट जाने पास थिएन। त्यस बाहेक एडीआईजेड केही हदसम्म विवादित इलाकाको माथि हवाई संचालनको वैधता पनि प्रदान गर्छ।

उदाहारणको रुपमा चीनको सैन्य विमान यदि सेनकानू या डियोयू द्वीपमाथि उडान भर्यो भने उसले के दाबी गर्न सक्छ भने चिनियाँ एडीआईजेडमा छ र जापानको हवाई जोनको उल्लघंन गरेको छैन। दक्षिण कोरियाली रक्षा मन्त्रालयका अनुसार यो वर्ष मात्रै चीन र रुसी सेनाका विमान अगल–अगल कोरियाली एडीआईजेडमा ३९ पटक घुसेका थिए।

यूएस नवेल कलेज चाइना म्यारीटाइम स्टडीज इन्स्ट्यिुट मा स्ट्राटेजिक रीसर्चर पीटर डटनले भने– एडीआईजेठ जमीनी सीमासँग जुडिएको हवाइ सीमा होइन, तर नक्सामा जहिले पनि सीमा खिच्न सकिन्छ। र, सार्वजनिक गर्न सकिन्छ। र यसको असर के हुन्छ भने यसको रक्षाका लागि मानिसको इच्छा बढ्छ।’