एजेन्सी – सुन्दर हुने चाहना हरेक युवतीको हुन्छ । कसैले आफूलाई पनि राम्री भन्दियोस् भन्ने सोच सबै युवतीमा रहेको हुन्छ । तर कहिलेकाहिँ निकै सुन्दर हुने आफ्नो लागि घाटा पनि हुन सक्छ । कम्बोडियामा अहिले त्यस्तै घटना घटेको छ ।

कम्बोडियाकी अभिनेत्री डेनी ख्वान आवश्यकता भन्दा निकै राम्री भएको भन्दै सरकाले उनलाई एकबर्षसम्म कुनैपनि फिल्म खेल्न नपाइने प्रतिबन्ध लगाएको छ । हुन पनि उनी हदभन्दा निकै नै राम्री छिन् । उनको सुन्दरता देखेर जो कोही पनि मोहित हुन्छन् । अहिले उनका तस्बिरहरु सामाजिक सञ्जालमा निकै भाइरल भैरहेका छन् ।