मिति: ०२ मे २०१५ सर्वप्रथम अन्तरराष्ट्रिय प्रेस स्वतन्त्रता दिवश ३ मईको उपलक्ष्यमा राष्ट्रिय शोकको घडीमा भएपनि अझ निर्बाध प्रखर सुचना प्रबाहमा सशक्तता हुने आशा गर्दै शुभकामना ब्यक्त गर्दछौ।
नेपाल पत्रकार महासंघ युरोप शाखाले २०७२ बैशाख १२ गते गएको महाभूकम्मको महाविपत्तिमा परी जीवन गुमाउन पुगको गोरखापत्र दैनिकमा आवद्ध पत्रकार सुमन भोम्जन लगायत सम्पूर्ण दाजुभाइ, दिदीबहिनीहरू प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौ ।साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्दछौ ।
नेपाल पत्रकार महासंघ युरोप शाखा अकस्मात घटेको प्रलयकारी महाभूकम्पबाट प्रताडित हुन पुगेका पत्रकार तथा आम जनसमुदायलाई भएको पीडा हामी आँफैलाई भएको महशुस गर्दै महासंघको केन्द्रीय राहतकोषमा जम्मा गर्ने गरी थोरै भएपनि राहत दिने उदेश्यले युरोप भरिका नेपाली मिडिया कर्मी,स्वतन्त्र पत्रकार तथा सम्पूर्ण युरोप शाखामा आबद्ध सहकर्मि पत्रकारहरुले तत्काल आ-आफ्नो क्षेत्रमा खटी रहेका पत्रकारहरुलाई राहत सँकलन अभियानमा सहयोग पुर्याउन,संयमित समाचार सम्प्रेशण गर्न र एनआरएनए, सबै आस्थाका संगठन,जातिय तथा सामाजिक संघ संगठन र राहत अभियानका स्वतन्त्र पहलकदमीहरुलाई पारदर्शी रुपमा राहत लगत राख्न सहयोगी भूमिका खेल्दै सुचनामुखी राहत अभियानको लागि रिपोर्टिङ गर्न बिशेष अनुरोध गर्दछौ । साथै संचारकर्मी आँफै पनि राहत अभियानमा सरिक हुँदै सक्दो सहयोग अभियान संचालन गरी शाखामा संकलन गर्ने पहल युरोपका प्रत्यक देशमा संचालन गर्न हाम्रो शाखा बिशेष अनुरोध गर्दछ। राहत अभियानको शिलशिलामा युरोपमा रहेका नेपाली सञ्चार माध्यमबाट खेलेको सकारात्मक भूमिकाको प्रशंसा गर्नुका साथै मानवीय संवेदनशीलतालाई ध्यानमा राखी अझ जिम्मेवार भूमिका निर्वाह गर्न अनुरोध गर्दछौ ।
पत्रकार महासंघ युरोप शाखासँग राहत संकलनको लागि संपर्क गर्नु परेमा ००३२ ४८४ ४६३ ०८७, ०४८८ ५८६३८८ ,००३२४८७५२४१४४,लगायत कार्यसमितिका पत्रकारहरुसँग संपर्क गर्न सकिने छ ।
अन्त्यमा नेपाल पत्रकार महासंघ युरोप शाखा यस विपत्तिको घडीमा सहानुभूति, सहयोग र सद्भाव प्रकट गर्नुहुने गैह्र आवासीय नेपाली, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्र, संघसंस्था र पत्रकार एवं प्रेस जगत सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै निरन्तर सहयोगको अपेक्षा गर्दछौ ।
केजिन राई अध्यक्ष
प्रकाश ढकाल महासचिव