परासी – हज कमिटीमा भएको अनियमितताको बिबाद सार्वजनिक भए सँगै अहिले एक अर्कालाई आरोप प्रत्यारोप सँगै मुस्लिम युवा नेता तथा सामाजिक अभियान्ता बिबी खरालले चारदीशालाई जानकारी दिए ।
हज कमिटीका अध्यक्ष शम्सेर मियाले हजको टिकट प्रकरणमा भएको अनियमितताको बारेमा सामाजिक संजाल सहित विभिन्न अनलाइनमा पनि यी बिषय बाहिर आएका थिए । हज कमिटीको अनियमितता बाहिर ल्याउन ठूलो भुमिका खेलेका खराल सहितका युवाहरुले ठूलो भुमिका खेलेका थिए ।
यो सँगै शम्सेर मियाले साउदिमा घर भाडा देखी रियल सटही प्रकरणमा घोटाला गरेको युवा नेताहरूले दावी गर्दै आएका छन् । यसका बारेमा खराल सहितका युवा नेताहरुले चर्को बिरोध गरेपछि केही मुस्लिम परकारलाई शम्सेर मिया र जाकिर हुसेन समुहले खरालको विरुद्धमा एक अनलाइनमा समाचार नै लेख्न लगाएपछि खराल सहितका युवाले मुस्लिम इत्तेहाद मोर्चालाई अनलाइनमा प्रकाशित समाचारको बारेमा अनुसन्धान गर्दै दोषिलाई कडा कार्वाही गर्न आग्रह समेत गरिएको बुझिएको छ ।
हज कमिटिका सदस्य र सल्लाहकार परिषदमा समेत नरहेका नभएका जाकिर हुसेनलाई साउदीमा घरभाडा मिलाउन लगेपछि नै अनियमितताको आंशका गर्दै सत्य तथ्य सार्वजनिक गर्न माग गरेका थिए । त्यसको प्रतिकार स्वरुप आफु विरुद्ध संचारमाध्यमबाट आक्रमण थालेको भन्दै, आफुले हज कमिटीको अनियमितताको बारेमा सत्य तथ्य सार्वजनिक गर्न माग गर्दै यदो त्यसो नगरिएमा आफुहरुले संघर्ष गर्ने तयारी गरिरहेको उनले जानकारी दिए ।