काठमाण्डौं – अज्ञात समूहले मंगलबार र बुधबार मात्रै नेपाल टेलिकम (एनटीसी) र निजी दुरसञ्चार कम्पनी एनसेलको एक दर्जन बढी टावरमा आक्रमण गरेको छ ।

झापा, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, नवलपरासी पूर्व, पर्वत, बागलुङ, म्याग्दी, कपिलवस्तु, डडेलधुरा र कैलालीमा एनसेल टावरमा आगजनी र बम विस्फोट भएको छ । झापा, अर्घाखाँची र धादिङमा भने एनटीसीको टावरमा बम विस्फोट गराइएको प्रहरीले जानकारी दिएको छ ।

टेलिफोनका टावरहरुमा गरिएको आगजनी र विस्फोटको जिम्मा हालसम्म कुनै समूहले लिएको छैन । आक्रमणबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।