काठमाण्डौं – कपिलवस्तुमा समाजवादी पार्टीका नेतामाथि आक्रमण भएको छ ।

शुद्धोधन गाउँपालिकाका नेता रामनयन यादवमाथि मोटरसाईकलमा आएका व्यक्तिले गोली प्रहार गरेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

वडा नं. ५ देवपुर स्थायी घर भएका यादव जिल्ला सदरमुकाम तौलिहवा जाने क्रममा वडा नं. ३ सुसरीया पुल नजिकै गोली प्रहार भएको हो ।

यादव तत्कालीन नयाँ शक्ति पार्टीबाट गाउँपालिकाको अध्यक्षका उमेदवार थिए । देब्रे पाखुरामा गोली लागेका उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

सोही गाउँपालिकामा नेकपाका नेता दीपेन्द्र चौधरी (राजाबावु)को गोली हानी हत्या भएको थियो ।