गतिरोध अन्त्यका लागि सभामुख महराद्वारा सर्वदलीय बैठकको आह्वान
काठमाण्डौं – प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि आज सर्वदलीय बैठक बस्न लागेको छ । सभामुख कृष्णबहादुर महराले आजको संसद बैठक बस्नु अघि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।
सदनको गतिरोध अन्त्यका लागि समिति गठन वा अन्य विकल्पमा अघि बढ्ने विषयमा छलफलका लागि सर्वदलीय बैठक आह्वान गरिएको हो । यसैबीच, सर्लाही घटनाको छानबिनको माग गर्दै विपक्षी दलहरूले आजपनि सदनको अवरोध कायमै राख्ने भएका छन् ।
प्रमुख विपक्षी दल काँग्रेसले सर्लाहीमा हिंसात्मक गतिविधिमाथि प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेलको घटना छानबिनको माग गरिरहेको छ ।