काभ्रे – काभ्रेको बनेपा नगरपालिकास्थित बजार क्षेत्रमा मंगलबार राति बम विस्फोट भएको छ । बनेपा बजारको उग्रेश्वर महादेव मन्दिर नजिकै शक्तिशाली बम बिस्फोट भएको हो ।
बम पड्केको आवाजले स्थानीयबासी त्रसित भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले विस्फोटबारे जानकारी आएको बताउँदै प्रहरी टोली पठाइसकिएको बताए। विस्फोटबाट भएको क्षतिको विवरण आइसकेको छैन ।
आफ्ना नेता माइला लामालाई पक्राउ गरेको विरोधमा बुधबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाल बागमतीसहितका क्षेत्रमा बन्द आह्वान गरेको छ ।