काठमाण्डौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड आज दुबई जाँदैछन्। पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड आज युएईको दुबई प्रस्थान गर्न लागेका हुन् ।
दाहाल दम्पतीसँगै पुत्री गंगा र नातिनी पनि जाँदै छन् । पत्नी सीताको उपचारका लागि भनिए पनि दाहालको यो विदेश भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ । दाहालको चार दिने युएई भ्रमणलाई निजी भ्रमण भनिएको छ ।
नेकपामा विभागीय प्रमुखको जिम्मेवारीका विषयमा छलफल गर्न हिजो बसेको सचिवालय बैठकमा दाहालको विदेश भ्रमणबारे जानकारी गराइएको थियो ।