भुकम्प पीडितको लागि राहतको घोषणा सँगै थप सहयोगको लागि अपिल

0

चारदिशा,बेल्जियम।

यही २५ अप्रिल शनिबारका दिन नेपालमा आएको विनाशकारी भूकम्प बाट ठुलो र अकल्पनीय क्षतिबाट स्तब्ध हुँदै तत्काल राहतको निम्ति गैर आवासीय नेपाली संघ बेल्जियमले रू १०,००,००० (दश लाख) प्रदान गर्ने घोषणा गरेको छ ।
विनाशकारी भूकम्पमा परि घाईतेहुनेहरु प्रती शिघ्र स्वास्थ्य लाभको कामना सहित् ज्यान गुमाउने हरुप्रति भापूर्ण श्रद्दान्जली प्रकट गरिएको बक्तब्य सहित् राहत संकलनलाई अझ ब्यापक बनाउन सम्पूर्ण गैह्र आवासिय नेपालीहरुलाई अनुरोध समेत गरेको जनाइएको छ । गैर आवासीय नेपाली संघ बेल्जियमको राहत कोष खाता नं. BE 560017 145 0588 (NRNA-NCC VZW) मा थप् रकम संकलनको लागि अनुरोध गरिएको छ ।
साथै नेपाली जनसंम्पर्क समिती, बेल्जियम ,नेपाली एकता समाज, बेल्जियम, प्रवासी नेपाली एकता समाज, बेल्जियम, नेपाली संघीय समाज, बेल्जियम’,नेपाली जनप्रगतिशील मञ्च, बेल्जियम नेपाली र जनप्रगतिशील मोर्चा, बेल्जियमको सात आस्थाको संयुक्त मोर्चाले समेत एक बिज्ञप्ती प्रकाशित गर्दै राह्त अभियानलाई तिब्रता दिनको लागि संयुक्त रुपमा अपिल गरेका छन ।
स्मरण रहोस्, गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको अध्यक्षतामा केन्द्रीय सचिवालयको आजै बसेको आकस्मिक बैठकले नेपालमाथि आइलागेको यो बिपत्तिमा साथ दिन सम्पूर्ण साधन, स्रोत र शक्ति परिचालन गरी राहत तथा उद्दार प्रकृयामा सहभागी हुने निर्णय गरेको छ । अध्यक्ष शेष घलेले आफ्नो तर्फबाट एक करोड रुपैयाँ र आफ्नी धर्मपत्नी जमुना गुरुङको तर्फबाट एक करोड रुपैयाँ गरी कुल दुई करोड रुपैयाँ घोषणा गरिसकेका छन । सहयोगको यो क्रम विश्व ब्यापी रुपमा नै अगाडि बढ्ने अपेक्षा गरीएको छ।
यसैगरी उपाध्यक्ष भवन भट्टले एक करोड रुपैयाँ र महासचिव कुमार पन्तले १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.