काठमाण्डौं – डिस्कभरी च्यानलबाट प्रसारित हुँदै आएको चर्चित टेलिभिजन कार्यक्रम ‘म्यान भर्सेस वाइल्ड’ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी देखिने भएका छन् ।

उक्त शोका सञ्चालक बियर ग्रिल्सले सोमबार आफ्नो ट्वीटरमा यसको खुलासा गरेका हुन्।आगामी अगस्ट १२ तारिखमा उक्त इपिसोड प्रशारण हुने ग्रिल्सले जानकारी दिएका छन्। ग्रिल्स कठिन परिस्थितिमा बाँच्न सिकाउने विज्ञ तथा एड्भेन्‍चरर्रको रुपमा परिचित छन्।

वन्यजन्तु र वातावरणीय परिवर्तन सम्बन्धि जनचेतना फैलाउने उद्देश्यले उक्त शोमा मोदी देखा पर्न लागेका हुन्।यो इपिसोड भारतकोउत्तरखाण्डमा रहेको जिम कोर्बेट राष्ट्रिय निकुञ्जमा छायांकन गरिएको छ।

डिस्कोभरी च्यानलले उक्त इपिसोडको प्रोमो पनि निकालेको छ। इपिसोडमा वन्यजन्तु संरक्षण र वातवरणीय परिवर्तन सम्बन्धिका मुद्दाहरुलाई समावेश गरिने उल्लेख छ।विश्वाका १८० वटा देशमा विभिन्न ५ वटा भाषामा उक्त एपिसोड एकसाथ देखाइने बताइएको छ।बियर ग्रिल्सले यसअघि अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामालाई पनि आफ्नो एक शोमा सहभागिता गराएका थिए।

Bear Grylls

@BearGrylls
People across 180 countries will get to see the unknown side of PM @narendramodi as he ventures into Indian wilderness to create awareness about animal conservation & environmental change. Catch Man Vs Wild with PM Modi @DiscoveryIN on August 12 @ 9 pm. #PMModionDiscovery

Embedded video
67.4K
11:23 AM – Jul 29, 2019
Twitter Ads info and privacy
33.8K people are talking about this