काठमाण्डौं – नेकपा कम्युनिष्ट पार्टी (नेकपा) युवा संगठनको नाम र झण्डाबारे टुंगो लागेको छ । अब युवा संघको नाम ‘राष्ट्रिय युवा संघ, नेपाल’ रहनेछ भने झण्डा यसअघि एमालेले प्रयोग गर्दै आएको रातो र निलो पृष्ठभूमिको बीचमा सेतो पाँच कुने तारा अंकित हुनेछ ।
त्यस्तै पेरिसडाँडा संगठनको केन्द्रीय कार्यालय र २००८ साल जेठ १ गते स्थापना दिवस मनाउने तय भएको संगठनका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले जानकारी दिए । संगठनको केन्द्रीय कार्यालय पार्टीले तोकेको हो भने स्थापना दिवस आफैंले तोकेको संयोजक दीपशिखाले बताए । यसअघि जेठ ३ गते पार्टीले युवा संघको नेतृत्वको टुंगो लगाएको थियो । जसमा संयोजक तत्कालिन माओवादी केन्द्रको वाईसिएल र सहसंयोजक एमालेको भातृ संस्था युवा संघले पाएका थिए । जसमा संयोजक दीपशिखा र सहसंयोजक रमेश पौडेलले बनेका थिए । युवा संघको केन्द्रीय कार्यसमिति २५१ सदस्यीय तोकिएको छ ।