काठमाण्डौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा औषधी पठाएको छ ।

बाढी प्रभावित क्षेत्रका नागरिकको स्वास्थ्य उपचारको लागि यूनिसेफको सहयोगमा झण्डै १० हजार नागरिकलाई पुग्ने आवश्यक औषधी पठाइएको मन्त्रालयले जनाएको छ ।

यो औषधी रौतहट, सर्लाही र सिरहा क्षेत्रको लागि पठाइएको हो । बाढी प्रभावित क्षेत्रमा झाडापखाला, सर्पदंश ,रुघाखोकी, ज्वाँरो, डेङगूको लागि आवश्यक औषधीहरु रहेका छन् ।

बाढी प्रभावित क्षेत्रमा स्थानीय र प्रदेश अन्तर्गत औषधी व्यवस्थापनको काम भइरहेपनि थप सहजताका लागि संघबाट ३ ठाउँमा चिकित्सकको टोली र औषधी पठाइएको महासंघले जनाएको छ ।